गण्डकी प्रदेशसभा सदस्य शेरचनबाट राजीनामाको चेतावनी
पाेखरा | जेठ ११, २०८२
पोखरा: गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले आफूले राखेका मागहरू बारम्बार उपेक्षा हुँदै आएको भन्दै राजीनामा दिने चेतावनी दिएका छन् ।
शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा राजीनामाको नमूना सार्वजनिक गर्दै शेरचनले गम्भीर असन्तुष्टि जनाएका हुन् । शेरचन नेपाली कांग्रेसका तर्फबाट मुस्ताङ (२) बाट गण्डकी प्रदेशसभामा निर्वाचित सांसद हुन् ।
सभामुखलाई सम्बोधन गरी फेसबुकमा सार्वजनिक गरिएको राजीनामा पत्रमा शेरचनले लेखेका छन्, ‘श्रीमान्, गहिरो आत्ममन्थनपछि म, गण्डकी प्रदेशसभाको सदस्य विकल शेरचन, पदबाट तत्काल लागू हुने गरी राजीनामा दिन चाहन्छु।’
उनले अघिल्लो र चालु वर्षको बजेटमा समेत दुर्गम क्षेत्रका आवश्यकताहरू बेवास्ता गरिएको आरोप लगाएका छन्। ‘मुस्ताङ जस्तो संवेदनशील, भौगोलिक रूपमा जटिल र सम्भावनायुक्त जिल्लालाई प्राथमिकतामा राखिनुपर्ने हो, तर बजेट निर्माण प्रक्रियाले यसलाई निरन्तर पछाडि पार्ने प्रवृत्ति देखाएको छ,’ शेरचनले लेखेका छन् ।
उनका अनुसार पूर्वाधार विकास, आर्थिक सशक्तीकरण, उच्च हिमाली स्वास्थ्य जोखिम न्यूनीकरण, जलवायु अनुकूलन र युवाका लागि अवसर सिर्जना गर्नेजस्ता विषयमा आफूले दिएको आग्रह उपेक्षित हुँदै आएको छ ।
राजीनामालाई उनले आन्तरिक असहमति र राजनीतिक प्रणालीप्रतिको गम्भीर चिन्ताको अभिव्यक्ति भनेका छन्। ‘यो कुनै भागदौड होइन, बरु एक जिम्मेवार अपिल हो । यसले हाम्रो राजनीतिक र नीतिगत प्रणालीलाई आत्मसमीक्षा गर्न प्रेरणा देओस् भन्ने मेरो आशा छ,’ उनले भनेका छन् ।
तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए । ...
काठमाडौं: नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध १३ लाख ९३ हजार ६०३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग ...
पोखरा: अमरसिंहचौरमा आज (मंगलबार)देखि युनाईटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । विभिन्न समुदायका बाजागाजा, झाँकी र र्यालीसहित अमरसिंहचौरमा आगामी माघ ११ ...

